दफा ४ख
होसियारी अपनाउनु पर्ने

विष्फोटक पदार्थको कारोबार गर्न इजाजतपत्र प्राप्त गरेको व्यक्तिले त्यस्ता वस्तुको प्रयोग गर्दा, ढुवानी वा ओसार पसार गर्दा वा भण्डारण गर्दा त्यस्तो पदार्थको प्रकृति अनुसार पर्याप्त सुरक्षा हुने गरी प्रयोग गर्नु वा उपयुक्त उपकरणमा राखी होसियारी पूर्वक ढुवानी वा ओसार पसार वा भण्डारण गर्नु पर्नेछ ।